Trending
>>   आन्दोलन भइरहँदा संसद चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही >>   काँग्रेस प्रमुख सचेतकको प्रश्न रास्वपाले नैतिकताको पाठ सिकाउन मिल्छ ? >>   मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने >>   इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र >>   इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान >>   जटिल बनेको बेरोजगारी समस्या हटाउन योजनाको चाङ, बजेट न्युन >>   माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा >>   माओवादीले झुक्यायो, आन्दोलन जारी रहन्छः रास्वपा >>   संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँः एमाले >>   संसदलाई अवरुद्ध गर्नु जनताको अधिकार वन्धक बनाउनु होः काँग्रेस
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम


ललितपुर। ललितपुर महानगरपालिकाले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै २४ जनालाई विपद् उद्धार सम्बन्धी तालिम दिएको छ ।

सरदर भन्दा बढी वर्षा र गर्मी हुने विज्ञहरुको अनुमानसँगै सरकारले विपद् उद्धारका लागि तालि लगायतको आवश्यक प्रवन्ध शुरु गरिसकेको छ । ललितपुर महानगरपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले केही दिनअघि मात्रै विपद् उद्धार तालिम शुरु गरेको थियो । विपद् उद्धार सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै ललितपुर मेयर महर्जनले २४ जनाले लिनुभएको विपद्सम्बन्धी तालिमले भविष्य राम्रो हुने बताए । उनले विपद् सम्बन्धी प्रशिक्षणले आगामी दिनमा मनसुनजन्य विपद्का बेलामा आइपर्ने समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । उनले विपद्सम्बन्धी तालिम अब नरोकिने पनि स्पष्ट पार्दै बजेट निर्माणको चरणमा आफूहरु रहेको र तालिमका कार्यक्रमहरु राख्न उचित समय रहेको बताए ।

मेयर महर्जनले विपद् आइसकेपछि गर्नुपर्ने उद्धारका कुरामा महानगरले आवश्यक तयारी गरिरहेको पनि जानकारी गराउदै विपद्सँग लड्न प्रत्येक वडामा विपद्सम्बन्धी तालिम लिएको युवा जनशक्ति आवश्यक हुने बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?