Trending
>>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला >>   मौसम : यी ३ प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी >>   काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु >>   बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस्ः कानूनमन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताएका छन् ।

शनिवार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले न्यायपालिकाले दिएको न्यायका आधारमा जनतामा विश्वास बढ्ने र दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्ने बताए । आम नागरिकको आशा र भरोसाको केन्द्र न्यायपालिका भएकोले न्याय निरुपण गर्दा र निरुपण गरिएका हरेक विषय कार्यान्वयनमा न्यायमूर्तिहरुको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिए । व्यवस्थापिकाले कानून बनाइदिने, कार्यपालिकाले प्रयोग गर्ने भएकाले संविधानसम्मत कानून बनेको छ वा छैन र कार्यपालिकाले ठिक ढंगले प्रयोग गरेको छ कि छैन भनेर अनुगमनको जिम्मेवारी पनि न्यायपालिकाकै भएको उनको भनाई छ ।

उनले भने, ‘कानून मन्त्रायबाट न्यायपालिकालाई हर सम्भव सहयोग रहन्छ । न्यायपालिकाको गरिमा प्रधानन्यायाधीशको नेतृत्वमा अगाडि बढीरहेको छ । भारत र ब्रिटिश न्यायपालिकासँग थप सम्बन्ध स्थापित भएको छ । न्यायमूर्तिहरुले न्याय निरुपण गर्दा निरुपण गरिएका हरेक विषय कार्यान्वयन गर्नुहुन्छ । मान्छे सरकारबाट हास् वा कार्यपालिकाबाट हुने कुनै किसिमको अन्यायको आशा र भरोसाको केन्द्र न्यायपालिका नै हो । देशभरका न्याय निरुपण गर्ने जिम्मेवारी श्रीमानहरुकै हो । मधेसमा एउटा कथा छ कुनै पढेलेखेको विद्वान मान्छे आफ्ना बालबच्चा र परिवार लिएर ससुराल जाँदै थियो । इन्जिनियर नदी किनारामा कति गहिरो छ भन्दै नापेर रेसियो निकालेर सबै परिवारलाई खोला तर्न खोलामा छिराइदियो । बच्चाहरु रुन थाले अनि बाहिर निस्केर गएर हिसाव किताव चेक गर्न थाले तर सबै ठिक छ । तर, बच्चाहरु किन डुब्यो ? बच्चा डुबिसकेपछि श्रीमतीसँग भन्छन् हिसाव किताव ठिक छ तर बच्चाहरु कसरी ठडुबे । बुद्धि नभएका विद्या कुनै कामको हुँदैन । आम जनतालाई सेवा दिँदा तपाइहरुले न्यायको साथ साथै विवेकको पनि प्रयोग गर्नुपर्छ । तपाईंहरुले गरिदिएको छिटो छरितो कामबाट जनतामा विश्वास अझै बढ्नेछ । दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्छ । व्यवस्थापिकाले कानून बनाइदिने, कार्यपालिकाले प्रयोग गर्ने, संविधानसम्मत कानून बनेको छ कि छैन, कार्यपालिकाले ठीक ढंगले प्रयोग गरेको छ कि छैन ? त्यसको सबै अनुगमन गर्ने काम भनेको न्यायपालिकाले हो ।’

उनले न्यायपालिकालाई आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?