Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

फोहरबाट आम्दानी गर्दै महाकाली प्रादेशिक अस्पताल


२२ चैत्र, कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।

प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताए ।

“फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ”, उनले भने, “फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।” उनका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।

“एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ”, उनले भने, “फोहर बिक्री गरेर महिनामा १५/२० हजार आम्दानी हुन्छ ।” पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ । अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नु परिरहेको उनको भनाइ छ । फोहर व्यवस्थापन केन्द्रमा दुई कर्मचारी कार्यरत छन् ।

“जोखिम र बिना जोखिमको फोहर छुट्याइन्छ, जोखिमयुक्त फोहरलाई निर्मलीकरण गरिन्छ”, गोमती बोहराले भने, “कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ ।” सुरुमा सङ्कलन गरेको फोहर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको उनले बताए । अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ ।

जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दा बढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ । बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?