Trending
>>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई >>   जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा >>   भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ >>   भारतको राजधानी दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मी
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

हाम्रो आन्दोलन यथावत छ, समाधान नभइ अगाडी जान सकिँदैनः माओवादी केन्द्र


काठमाडौ। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ।

शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएक छन् । उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसद्मा बजेट प्रश्तुत गर्न दिएको बताए । उनले भिजिट भिसा प्रकरण बद्मासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु रहेको बताए । उनले उक्त भ्रष्टाचारसँग सम्बन्धित प्रकरणलाई करेक्सन नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे । उनले आफूहरूका मागलाई हल गर्ने कुरा सरकारको रहेको उल्लेख गरे।

उनले भने, “हाम्रो आन्दोलनको हिजो लागि मात्रै देश, जनता, जिम्मेवारी बोध, हाम्रो संविधान, अहिलेको हाम्रो अवस्था, बाहिर भइरहेका व्यवस्थाविरुद्धका बारेका विभिन्न क्रियाकलापलाई सम्झिएर संविधानको कार्यान्वयन र बजेटलाई लैजानको लागि दिएका हौँ । हामीले १५ गतेका तीन वटा कार्यक्रमका लागि मात्रै संसद्लाई अगाडी बढाउन दिएका हौँ । त्यसपछि हाम्रो आन्दोलन यथावत् छ । त्यो विषयवस्तु बदमासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तुसँग छ । त्यस कारण यो भ्रष्टाचारसँग सम्बन्धित छ । यसलाई करेक्सन नगरी हामी आफ्नो ठाउँमा जान सक्दैनौँ । हाम्रो आन्दोलन जारी छ, हामी त्यो विषयवस्तु संसद्मा उठाउँछौँ । त्यसको हल गर्ने कुरा सरकारको हो ।”

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरण गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै उहाँको राजीनामाको माग गर्दै आएका छन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?