Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

राजसंस्था पुनःस्थापनाको माग गर्दै माईतीघरमा राजावादीहरुको प्रदर्शन


काठमाडौँ। राजावादी राजनीतिक दलहरुले व्यवस्था विरोधी आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।

काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध गरेका हुन् । आन्दोलन जेठ १५ गतेदेखि शुरु भएको हो । उनीहरुले राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जागौँ जागौँ, जागौँ न हे नेपाली जनता, पहिला राष्ट्र जोगाउँ लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलहरु राजतन्त्र पुनःस्थापनाको लागि आन्दोलनरत छन् ।

 


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?