Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

मुलुकमा बलिया राजनीतिक दलहरू आवश्यकः महासचिव पोखरेल


काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यक नरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एमालेले बिहीवार काठमाडौँमा आयोजना गरेको ‘गणतन्त्र उत्सव’लाई सम्बोधन गर्दै उनले देशमा धेरै राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूको आवश्यकता रहेको बताएका छन् । उनले राजनीतिक अस्थिरताका कारणले नै आफूहरूले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न नसकेको धारणा राखे । उनले एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प तथा अठोट लिएको जिकिर गर्दै लोकतन्त्र र गणतन्त्रले नै एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने उल्लेख गरे ।

उनले भने , “राजनीतिक अस्थिरताका कारणले नै हामीले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न सकेको छैन भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले सङ्कल्प तथा अठोट गरेको छ, अब यो मुलुकमा धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यक छ । हाम्रो पार्टी नेकपा (एमाले)लाई हामी बलियो राष्ट्रिय शक्तिको रूपमा, निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न चाहन्छौँ । मलाई लाग्छ, लोकतन्त्र र गणतन्त्रले नै त्यो बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्न सक्दछ ।”

उनले ‘गणतन्त्र उत्सव’लाई आगामी वर्ष अझ शानदार र भव्यताका साथ देशव्यापी मनाउने जिकिर गरेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?