Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

समाजवादी मोर्चा गतिशिल हुन सकेन, अरु पार्टीसँग तत्काल एकता सम्भव छैनः माधव नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले अझै पनि कतिपयसँग मोर्चा बनाएर सँगै अघि बढ्न आफूहरु तयार रहेको बताए । अध्यक्ष नेपालले समाजवादी मोर्चा गतिशिल हुन नसकेको भन्दै आफूहरुले पनि सक्रियता देखाउनुपर्ने बताउदै समाजवादी मोर्चालाई सक्रिय बनाउन झक्झक्याउनुपर्ने जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले नै अरु पार्टीहरुसँग एकतावद्ध भएर जाने सम्भावना देखिँदैन । तर हामी सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छौँ । अझै कतिपयहरुसँग मोर्चा बनाएर पनि सँगसँगै अघि बढ्न पनि तयार छौँ । हामीले निर्माण गरेको समाजवादी मोर्चा गतिशिल हुन सकेको छैन । यसमा हामीले पनि अझै भुमिका खेल्ने कुरामा कहीँ कमजोरी रहेको छ भने सक्रिय भुमिका पनि खेल्नुपर्छ । अरुले खेलेनन् त्यो हाम्रो गुनासोको विषय होला । तर हामीले पनि झक्झक्याउनुपर्ने, हामीले पनि सक्रियता लिनुपर्ने आवश्यकता छ । त्यसो भयो भने समाजवादी, वामपन्थी शक्तिहरु एक ठाउँमा आउन सक्छन् । सहकार्य अघि बढ्दै जानसक्छ ।’

कम्युनिष्ट पार्टीको विकल्प अरु कुनै पार्टीहरु नरहेको जिकिर गर्दै उनले पुँजीवादी र दृष्टिकोण नभएका पार्टीहरले देशको रुपान्तरण र विकास गर्न नसक्ने बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?