Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

भिजिट भिसा प्रकरणबारे झलनाथ– ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्’


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् ।

१८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताए । उनले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोजिरहेको तर्क राखेका छन् । उनले देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले सङ्कटग्रस्त रहेको जिकिर गरेका छन् । उनले मुलुकको राष्ट्रियतामाथि लगातार वाह्य हस्तक्षेपहरू भइरहेका धारणा राखे । सम्मानित नेता खनालले मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै शिक्षामा समेत अराजकता मौलाएको बताएका छन् । उनले २०२८ सालको शिक्षा ऐन अहिलेसम्म चलिरहेको बताउँदै नयाँ ऐन आउन नसकेको बताएका छन् ।

उनले भने, “एयरपोर्टको धन्दा कस्ता कस्ता हुँदा रैछन् । धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् । यस्ता खालका कुराहरू भइराखेका छन् । त्यसो हुनाले हाम्रो देशमा न कृषिलाई अगाडी बढाउन सकियो, न उद्योगधन्दा विकास गर्न सकियो । शिक्षामा यस्तो अराजकता छ, २८ सालको ऐन अहिलेसम्म चलिरहेको छ । नयाँ ऐन अलि जनमुखी प्रगतिशील शिक्षा हुने ऐन बनाऔँ भन्दा त्यो पनि अहिलेसम्म बनिसकेको छैन । देश अहिले राजनीतिक रूपले पनि सङ्कटग्रस्त छ, आर्थिक रूपले पनि सङ्कटग्रस्त छ, सामाजिक हिसाबले पनि सङ्कटग्रस्त छ, सांस्कृतिक हिसावले पनि सङ्कटग्रस्त छ, मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेपहरू भइरहेका छन् ।”

उनले सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेको समेत बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?