Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

व्यवस्था विरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीवारदेखि शुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले व्यवस्था विरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गरेका छन् । उनले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गरे ।

उनले भने , ‘आज पार्टीको स्थापना दिवस हो । आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ । वर्तमान अवस्थामा परिवर्तन गर्नको लागि व्यवस्थामा परिवर्तन अनिवार्य छ । यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन । सम्पूर्ण देशवासीको आन्दोलन हो । नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन समेत हो । त्यस कारण यो साझा आन्दोलनमा सहयोग र समर्थन गर्नको लागि हार्दिक अपिल गर्दछु ।’

राजावादी समूहले बिहीवार काठमाडौंको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । वर्तमान व्यवस्थाको विरोधमा संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?