Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

भूटानी शरणार्थी प्रकरण सेलाउन नपाउदै भिजिट भिसा सेटिङ प्रकरणले देशको शिर थप निहुराएको माओवादीको टिप्पणी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद सुवेदीले भूटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको टिप्पणी गर्दै राजनीतिक संरक्षण बिना भिजिट भिसाको नाममा मानव तस्करी जस्तो गम्भिर अपराध सम्भव नभएको समेत बताएका छन् । भिजिट भिसाको आवरणमा भएको तस्करीमार्फत गृहमन्त्री आफू संलग्न रहेपनि कर्मचारीलाई दोष दिएर उम्किन खोजेको उनको आरोप छ । उनले बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? भन्दै प्रश्न गरेका छन् । उनले गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न माग गर्दै गृहमन्त्री लेखकले भाषण अर्कै गर्ने गरेको तर आचरण ठिक नरहेको टिप्पणी समेत गरेका छन् ।

उनले भने,‘आज परिस्थितिले छुट्टै विषयमा बोल्नुपर्ने बनायो । यो साताभर एउटा गम्भीर विषयमा चर्चा भइरहेको छ । मूलभुतरुपमा गृह मन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको । त्यो पनि थोरै रकम हैन दिनमा पचास लाख पैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ । यो अहिले सर्वाधिक चर्चाको विषय छ । हामीलाई थाहा छ कुनैदिन भुटानीशरणार्थी प्रकरणले देशको शीर निहुँरायो । कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो । यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको छ । बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? यो दुःखद कुरा हो । गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ । हाम्रो देशको छवि अब कस्तो होला ?’

भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभामा अवरोध गरेका छन् ।


प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?