Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

भिजिट भिसा प्रकरणः राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग


काठमाडौँ। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

सभाको बुधवारको बैठकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले गृहमन्त्री लेखक अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिन माग गर्नुभयो । उहाँले अध्यागमन कार्यालयका प्रमुखले नै गृह मन्त्रालयलाई लाख रुपैयाँ बुझाउनुपर्ने बयान दिएको उल्लेख गर्दै उनले गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्न माग गरेका छन्। उनले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनामा छानबिन गर्न समेत उहाँले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्नको लागि भिजिबिलिटी कम छ भन्नुभयो । अध्यागमन विभागमा भिजिबिलिटी राम्रो रहेछ भन्ने सन्देश गएको मैले अनुभुत गरेको छु । यस्ता खालका मानवता विरोधी र भ्रष्टाचारजन्य जे जति गतिविधि भइराखेका छन् । त्यो गतिविधिमाथि छानबिन गरिनुपर्छ । यसको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्छ । उहाँ आफैँले पनि सत्तामा बस्नेहरूले नैतिकताको प्रश्न उठ्ने बित्तिकै राजीनामा दिनुपर्छ भन्ने उहाँ आफैँले सिकाएको पाठ पनि भएको कारणले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएर उनीहरूका डिभाइसहरू अनुसन्धानका लागि पठाएको छ । यता विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध कायमै राखेका छन् । गृहमन्त्रीले राजीनामा नदिएको खण्डमा राष्ट्रिय सभाको बैठक समेत चल्न नदिने अछामीको चेतावनी छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?