Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, हत्कडी भने लगाइएन


२२ चैत्र, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।

म्यानहट अदालतमा बयान दिन न्युर्योक पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर,उनलाई पक्राउ गर्दा हत्कडी भने नलगाइएको उल्लेख छ ।

उनीमाथि लागेका ३४ आरोप माथी सुनवाईकाे क्रममा उनी पक्राउ परेका हुन । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

बिबिसीका अनुसार म्यानहटन अदालतमा आत्मसमर्पण गरेका उनले आफूले कुनै अपराध नगरेको जिकिर गरेका छन् । उनी अदालतमा वयान दिनका लागि मंगलवार न्युर्योक आएका थिए ।

पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, राष्ट्रपति हुदाँ ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको देखी राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोपमा ट्रम्पमाथि छानबिन भईरहेको छ ।

 

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?