Trending
>>   भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग >>   टर्कीको भूमध्यसागरीय तटमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु, ६९ जना घाइते >>   भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक >>   राजावादी आन्दोलन रोकिएसँगै राप्रपा नेताहरुका लागि सुरक्षाकर्मी फिर्ता हुन्छन्ः गृहमन्त्री लेखक >>   आज मिति २०८२ साल जेठ २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल >>   भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा >>   राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित >>   पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा >>   गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा
Logo
२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

सडक खन्ने क्रममा पहिरोले पुरिएर एक्साभेटर चालकको मृत्यु


म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए। घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति पुर्‍याएको छ। दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ।


प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?