Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका छन् ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरुले विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् । सदनलाई अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शंका पैदा गरेको उल्लेख गरे । नागरिकहरु सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उनको आरोप छ ।

प्रमुख सचेतक पाण्डेले भने , ‘हामी सदनलाई अवरुद्धकै अवस्थामा लिएर गइरहेका छौँ । फेरि यही बेलामा मान्य गृहमन्त्रीज्युले एकैदिन अख्तियारमा पठाएको प्रहरी अधिकारी एक पटक पठाएको फेरि अर्को पटक फिर्ता गरेको, यो खालको विषयवस्तु आएर एउटा ठूलो कन्फ्युजन भएको छ । हामीले छानविन समिति आवश्यक पर्छ है । यो गम्भीर विषय वस्तु हो । सुशासन जस्तो कुरा हो । सुशासन समितिमा कुरा सुशासनको छ, जनता जम्मे सुशासन खोजि गरिरहेका छन् । त्यो बारेमा के हो भनाइ ? ’

प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरु छिटो टुंगो लगाउने गरी नलागेको आरोप लगाएका हुन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?