Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्छ : मन्त्री भण्डारी


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुन:एकीकरणसम्बन्धी छलफलमा उनले मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरुरी रहेको बताए ।

“दोषारोपण गरेर हैन, यथार्थतालाई चिरफार गरेर अगाडि बढ्नुपर्छ, रोजगारदाताले उपयुक्त जनशक्ति पाइरहेको छैन, यहाँका काममा बमहिरबाट मानिस आउनुपर्ने अवस्था छ । भनसुनबिनौ योग्यता, क्षमताअनुसारको काम पाउने अवस्था सृजना गर्न श्रम संसारको सुरुआत गरेका छौँ, त्यसलाई नागरिक एपमा जोड्छौँ”, मन्त्री भण्डारीले भने,“सरोकार भएकाहरूलाई एकीकृत गरेर सुधारका काम गर्छौं, विदेशबाट फर्किएर आएका र रोजगारीको खोजीमा रहेकालाई रोजगारमा जोड्ने गरी काम गर्नुपर्छ भनेर लागिरहेका छौँ ।”

उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको काम वैदेशिक रोजगारको मात्रै काम हो भन्ने सोचबाट मुक्त भएर मुलुकमा भएको रोजगारीको सम्भावना र अवसरलाई पनि ध्यान दिएर काम गर्न लागिपरेको बताए ।


प्रकाशित मिति: ११ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?