Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।

सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा न ले यस्तो घोषणा गरेका छन् । उनले आफ्नो बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताउदै उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने बताएका छन् । आफूबिरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिध सभामा आफूले समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने बताउदै उनले गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरुले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री लेखकले भने, ‘मेरा बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन । मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित ग¥यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु । १३ गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेको छु, अरु विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्दछु । गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ, लाखौँ लाख कर्मचारी छ । त्यसमा संवैधानिक निकाय अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनैपनि बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान शुरु गर्नसक्छ । कुनैपनि कर्मचारीका माथि अनुसन्धान शुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ?आजसम्म त्यस्तो भएको छ । मेराबिरुद्ध राजनीतिक रुपले, नियोजित रुपले षड्यन्त्रमुलक ढंगले झुटो प्रचारबाजी भइरहेको छ ।’

गृहमन्त्री लेखकले आफ्ना बिरुद्धमा राजनीतिक, नियोजित, षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताएका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?