Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन सकेन : घनश्याम भुसाल


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको नेता भुसालको भनाइ छ । उनले नाफा कमाउने तर उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पतीमा बाँच्ने नेताहरूबीचको गठबन्धन नै मुलुकको विकास र सुशासनका प्रमुख कारण भएको टिप्पणी गर्दै भुसालले दलाल पुँजीवाद, भ्रष्टाचार र बेरोजगारीको श्रृंखलालाई गणतन्त्रको मूल संकटको रुपमा चित्रण गर्दै नेतृत्व परिवर्तनले मात्र संकटबाट बाहिर निस्कन सकिने बताएका छन् । उनले आफूलाई गणतन्त्रको कार्यकारी नेता भन्नेहरुले पद छाड्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो गणतन्त्रलाई चाहिएको लिडरसिप जुन थियो त्यो नालायक भयो । त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्यो । कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन् । त्यसो होइन । नेताहरुको धेरै ठुला प्रयत्नले यो देश बिग्रिएको हो । नाफा कमाइरहने, उद्यम नखोल्ने पूँजीपति र नकमाएको सम्पतीमा बाँच्ने लिडरसिपको यो गठबन्धन जसलाई मैले दलाल पूँजीवाद भनेको छु । नेपालको विकासका सम्बन्धमा सबै पापहरुको बाउ त्यही नै हो जसले हाम्रो सुशासन र विकासलाई रोकेको छ । अब यसको समाधान भनेको म गणतन्त्रको कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस् ।’

मुलुकको समस्या बुझेर तद्अनुसार काम गर्न नसके व्यवस्थालाई चुनौती दिने पात्रहरु समाजमा जन्मिरहने उनको टिप्पणी छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?