Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

जनविरोधी क्रियाकलापहरु नगर्न पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिएका छन् ।

कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् । अहिलेका आन्दोलनहरु केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गर्दै उनले पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा भएको बताउँदै पूर्वराजा शाहले गरेका कामहरु पनि देखेको बताएका छन् । उनले कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने चेतावनी दिएका छन् ।

उनले भने, ‘कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन । यि ट्वार ट्वारहरु अलिक समयका ट्वार ट्वार टुर टुर हुन् । पछि आफैँ समाप्त हुन्छन् । हामीले पहिला पनि देखेका हौँ । अढाइ सय वर्षदेखि देखेका हौँ । अढाइ सय वर्षमा केके भए । म त्यतापट्टि जान चाहन्न । हामीले देखेका हौँ राजतन्त्र । त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका छौँ । तीन वर्ष शासन हातमा पार्दा कानमा घुसेको कन्सुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै । कानमा कन्सुत्लो परेर चिथ¥यो भने कस्तो हुन्छ कान ? तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नप¥यो । खालि हातका जनता १९ दिन सडकमा उत्रिनुप¥यो । १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकाएको हो । फेरि पनि कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउनेछ । त्यस्ता चेष्टा नगर्न चेतावनी दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताएका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?