Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

नेपाल गरिबी र बेरोजगारीको दुष्चक्रबाट माथि उठ्ने सम्भावना बढ्योः डा. बाबुराम भट्टराई


काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताएका छन् ।

मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उनले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताएका छन् । हामीहरुले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरु लेखेको भएपनि परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको उनले स्पष्ट पारे ।

अबको विकास एशियाली मुलुकहरुतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको उनले हिजोको साम्यवादले आज काम नहुने भन्दै नाम जेसुकै दिएपनि बृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अवको बाटो भएकाले यसतर्फ गम्भीर हुनुपर्ने समय आएको बताएका छन् ।

उनले भने, ‘नेपालमा हामी सबै समृद्धिको निमित्त जुन चिन्ता गरिरहेका छौं, विभिन्न नाराहरु विभिन्न पार्टीहरु र व्यक्तिहरुले आफ्नै ढंगले लगाउँदै आएका छौं । तर वर्षौदेखि हामी फेरि अल्पविकास गरिबी बेरोजगारी र परनिर्भरताको जुन दुश्चक्रमा फसेका छौं त्यसबाट निस्कने अनेक प्रयत्न गर्दागर्दै सकिरहेका छैनौं । त्यसले एउटा गम्भीर विमर्शको माग चाहीँ गर्छ । त्यसैले यो पुस्तकको महत्वपूर्ण पक्ष पनि विचार विमर्शको माग हो । अब नेपालले विश्वसँग पदचाप मिलाएर जानसक्यो खासगरी छिमेकका दुई ठूला अर्थतन्त्र भएका मुलुकसँग पदचाप मिलाएर जानसक्यो भने नेपालपनि गरिबी, बेरोजगारीको जुन दुश्चक्रमा परेका छौं त्यसभन्दा माथि उठ्नसक्ने सम्भावना बढेको छ । यदी यसैलाई ध्यान दिएर हामी आगाडि जाने हो । तर किन यो भइरहेको छैन भने हामीले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरु त लेख्यौं, इच्ष्टिच्यूटहरु हामी बनाउँदैछौं, चेतना शिक्षा पनि फैलिँदैछ । अब हामीले संरचना बलियो सकेनौं । त्यसैले अब संरचना बलियो बनाउनेतर्फ लाग्नुपर्छ । तर, हामीले यसबाट पाठ सिकेर राजनीतिक परिवर्तन भएपनि वित्तिय संस्थाहरु, राजनीतिक संस्थाहरु, भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई बलियो बनाउँदै आर्थिक स्तरबृद्धितर्फ लाग्नु आजको आवश्यकता हो । त्यसैले अबको विकास एसियाली मुलुकहरुतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैगरी पर्यावरण सन्तुलन कायम गर्नेतर्फ पनि काम गर्नु आजको मुख्य आवश्यकता हो । हिजोको साम्यवादले काम हुँदैन तर नाम जेसुकै नाम दिएपनि वृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । दलका आआफ्ना राजनीतिक प्रतिवद्धता हुन्छन् तर देशको हकमा भने साझा धारणा बनाउनुपर्छ । त्यसले समृद्ध नेपाल बन्छ ।’

उनले अर्को मुख्य विषय भनेको पर्यावरण सन्तुलन कायम गर्नुपर्नेतर्फ काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?