Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले बढ्दो कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग रोक्न आवश्यक रहेको बताउदै उनले कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग हुन नदिन पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गर्न जरुरी रहेको जिकिर गरेका छन् । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहेर पत्रकारिता गर्न नसकेको अवस्थामा कृत्रिम बौद्धिकता विध्वंसकारी हतियार हुनसक्ने उनको भनाइ छ । मन्त्री पन्तले मिडियाले व्यक्तिहरूलाई अनुचित ढंगले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका पालना गर्नु आवश्यक रहेको समेत बताए ।

उनले भने, ‘पछिल्लो समय हामी नेपालमै र नेपाल बाहिर समेत मिडियाले भिक्टिमाइज गरेका मान्छेहरु देखिरहेका छौँ । यसलाई रोक्नु आजको मुख्य चुनौती हो । बढ्दो एआईको दुरुपयोगलाई रोक्ने भनेकै इथिक्सले हो । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहन सक्यौँ भने एआई हाम्रो लागि सहयोगी बन्नसक्छ । यदि रहेनौँ भने त्यो एउटा विध्वंशकारी र हतियार पनि हुनसक्छ । उतिबेला सामुदायिक रेडियोहरुलाई जन्माउन निकै कठिन थियो ।’

मन्त्री पन्तले सामुदायिक रेडियोहरूको शुरुवातकालीन चुनौतीहरू स्मरण गर्दै वर्तमान डिजिटल युगमा पत्रकारिताको सामाजिक उत्तरदायित्व झनै महत्वपूर्ण भएको बताए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?