Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि गरे राजावादी नेताहरूसँग भेट, के भयो कुराकानी ?


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् ।

वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका नवराज सुवेदी नेतृत्वको राजावादी समूह सँग पुर्व राजा ज्ञानेन्द्र शाहले भेट गरेका हुन् । काठमाडौँको एक होटलमा सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का राजावादी नेता केशर बहादुर विष्ट ज्ञानेन्द्रलाई भेट्न पुगेका थिए ।

भेटघाटको क्रममा के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन ।

आजै मात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिवन्ध लगाउने सम्मको अधिकार सरकारलाई रहेको बताउदै उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहनु सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न चेतावनी दिएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?