Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय


काठमाडौँ। निजामति सेवा विधेयकमा राखिएको कुलिङ पिरियड राख्न नहुने माग गर्दै संघीय संसद सचिवालयका महासचिवसहितको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेका छन्  ।

बिहीवार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा पुगेर महासचिव सहितका सचिवहरुले अध्यक्ष दाहालसँग निजामति विधेयबाट कुलिङ पिरियड हटाउन आग्रह गरेका हुन् । अध्यक्ष दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पद्यप्रसाद पाण्डेयले निजामति कर्मचारी रिटायर्ट भएपछि दुई वर्षसम्म कुनै सरकारी वा संवैधानिक निकायमा नियुक्ति हुन नपाउने विषयले रिटायर्ड हुने बेलामा वा भइसकेपछि डिस्क्वालिफाईड गराएर रिटायर्ड गराउन उपयुक्त नहुने आफूहरुको आग्रह रहेको बताएका छन् । उनले नियुक्ति गर्ने की नगर्ने भन्नेकुरा सम्बन्धित निकाय, सरकारले आफैँ गर्नसक्ने भएकाले रिटायर्ट हुँदै गर्दा कर्मचारीको अपमान गर्न नहुने बताए।

कुलिङ पिरियड राख्नु भनेको आफैँमा संवैधानिक विषय नभएको र कुन संवैधानिक निकायमा कुन पदाधिकारी वा कस्तो योग्यता भएको व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेकुरा संविधान आफैँले बोलेको बताउदै निजामतिबाट आउट भइसकेको कर्मचारीलाई निजामति ऐनको विषय नरहने बताएका छन् । कुलिङ पिरियडको बारेमा कर्मचारीको विरोध नरहेको भन्दै राख्ने नै भए संविधानमा वा संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी सेवा शर्त सम्बन्धी ऐनमा राख्नुपर्ने प्रश्ताव गरेका छन् । जुन पदमा नियुक्ति गरिने हो त्यही सम्बन्धी कानूनमा नराख्ने हो भने संविधान विपरित हुने उनको भनाइ छ ।

उनले भने, ‘निजामति कर्मचारी रिटायर्ट भएपछि दुई वर्षसम्म कुनै सरकारी वा संवैधानिक निकायमा नियुक्ति हुन नपाउने विषय रह्यो । त्यो विषयमा निजामति कर्मचारीको कुरा यो रिटायर्ड हुने बेलामा वा भइसकेपछि डिस्क्वालिफाईड गराएर रिटायर्ड गराउन उपयुक्त हुँदैन । नियुक्ति गर्ने की नगर्ने भन्नेकुरा सम्बन्धित निकाय, सरकारले आफैँ गर्नसक्छ । यो अपमानित गर्ने व्यवस्था लागू गर्न गइरहेको छ । यस्तो गर्नु हुँदैन भन्नेकुरा छ । कुलिङ पिरियड राख्नु भनेको आफैँमा संवैधानिक विषय होइन । कुन संवैधानिक निकायमा कुन पदाधिकारी वा कस्तो योग्यता भएको व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेकुरा संविधान आफैँले बोलेको छ । निजामतिबाट आउट भइसकेको कर्मचारीलाई निजामति ऐनले कभर गर्न सक्दैन । कुलिङ पिरियड राख्ने नै हो भने ठिकै छ कर्मचारीको विरोध छैन । त्यो सही ठाउँमा राख्नुपर्छ । त्यो राख्ने ठाउँ संविधानमा वा संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी सेवा शर्त सम्बन्धी ऐनमा राख्नुपर्छ । वा जुन पदमा नियुक्ति गरिने हो त्यही सम्बन्धी कानूनमा राख्नुपर्छ । होइन भने यो संविधान विपरित हुन जान्छ । यो समानताको हक विपरित हुन जान्छ । सचेत हुनुपर्छ भन्नेमात्रै कुरा हो ।’

महासचिव पाण्डेयले अहिलेको कुलिङ पिरियडको कुरा समानताको हक विपरित रहेको बताउनु भयो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?