Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

प्राकृतिक विपत्ति रोक्न विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छः सांसद श्रेष्ठ


काठमाडौँ। नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताएका हुन् । उनले प्राकृतिक विपत्ति रोक्न नसकेपनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र शतर्क हुनुपर्नेमा जोड दिँदै न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने बताउदै नीति राम्रा बनेपनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको जिकिर गरेका छन् । सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपदपछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गरे ।

उनले भने, ‘विपद्बाट भएका क्षतिको राहत कसरी उपलब्ध गराउने भन्ने विषय नेपाल सरकारलाई हरेक वर्ष भइरहेको छ । यसप्रकारका काम भइरहँदा पनि विपद रोकिएको छैन । विपद्पछिको राहत वितरणका क्रममा बाहिर टिका टिप्पणी भइरहेका छन् । नीति व्यवहारिक रुपमा कार्यानवयन कतिको हुन्छ । हिजोका गल्ती सच्याउन सक्दैनौं । गल्तीबाट पाठ सिक्दै आगामी दिनका लागि नीति बनाउन सजिलो भएको छ । प्राकृतिक विपत्ति र मानवीय कारण । प्राकृतिक विपत्ति रोक्न सकिँदैन तर मानवीय कारणले हुने विपत्ति रोक्नका लागि सतर्क हुनुपर्छ । विपत्तिपछि यही बागमती र विष्णुमतीमा बाढी आउँछ हरेक वर्ष २ चार जनाको मृत्यु हुन्छ । घरहरु डुवान हुन्छ त्यसलाई त न्युनिकरण गर्न सकेका छैनौं भने गाउँघर वस्तीका विषय त टाढाको कुरा हो । विपद बाजा बजाएर आउँदैन । तर यो विपदलाई हामीले समयमा नै सजग भएर तयारी गरेको खण्डमा निश्चय पनि कम गर्न सकिन्छ । जस्तै भवन निर्माणका नियमलाई कडाई गर्ने । स्थानीय तहकै कार्यक्षेत्र भित्र रहेपनि । पूर्वसूचना प्रणालीको विकासमा हामी कत्तिको छ विकसित देशहरुलाई हेरेर त्यसतर्फ ध्यान दिनु जरुरी भइसकेको छ । पूर्व सूचना प्रणालीको विकासमा जोड दिनुपर्छ । नीति धेरै राम्रा बनेका छन् तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । विपद्का समयमा अलि बढी पहुँच भएको स्थानमा बारम्बार राहत सामग्री पुग्यो तर पहुँच नभएका ठाउँमा भने एक पटक पनि राहत पुग्न समस्या छ । त्यतातर्फपनि ध्यान दिनु उपयुक्त हुन्छ । तीन तहबीचको समन्वय अभावले विपदका समयमा तत्काल उद्ददार र राहत पुग्न सकेको छैन ।’

उनले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्नसकिने दाबी गरेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?