Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

प्राकृतिक विपत्ति रोक्न विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छः सांसद श्रेष्ठ


काठमाडौँ। नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताएका हुन् । उनले प्राकृतिक विपत्ति रोक्न नसकेपनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र शतर्क हुनुपर्नेमा जोड दिँदै न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने बताउदै नीति राम्रा बनेपनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको जिकिर गरेका छन् । सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपदपछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गरे ।

उनले भने, ‘विपद्बाट भएका क्षतिको राहत कसरी उपलब्ध गराउने भन्ने विषय नेपाल सरकारलाई हरेक वर्ष भइरहेको छ । यसप्रकारका काम भइरहँदा पनि विपद रोकिएको छैन । विपद्पछिको राहत वितरणका क्रममा बाहिर टिका टिप्पणी भइरहेका छन् । नीति व्यवहारिक रुपमा कार्यानवयन कतिको हुन्छ । हिजोका गल्ती सच्याउन सक्दैनौं । गल्तीबाट पाठ सिक्दै आगामी दिनका लागि नीति बनाउन सजिलो भएको छ । प्राकृतिक विपत्ति र मानवीय कारण । प्राकृतिक विपत्ति रोक्न सकिँदैन तर मानवीय कारणले हुने विपत्ति रोक्नका लागि सतर्क हुनुपर्छ । विपत्तिपछि यही बागमती र विष्णुमतीमा बाढी आउँछ हरेक वर्ष २ चार जनाको मृत्यु हुन्छ । घरहरु डुवान हुन्छ त्यसलाई त न्युनिकरण गर्न सकेका छैनौं भने गाउँघर वस्तीका विषय त टाढाको कुरा हो । विपद बाजा बजाएर आउँदैन । तर यो विपदलाई हामीले समयमा नै सजग भएर तयारी गरेको खण्डमा निश्चय पनि कम गर्न सकिन्छ । जस्तै भवन निर्माणका नियमलाई कडाई गर्ने । स्थानीय तहकै कार्यक्षेत्र भित्र रहेपनि । पूर्वसूचना प्रणालीको विकासमा हामी कत्तिको छ विकसित देशहरुलाई हेरेर त्यसतर्फ ध्यान दिनु जरुरी भइसकेको छ । पूर्व सूचना प्रणालीको विकासमा जोड दिनुपर्छ । नीति धेरै राम्रा बनेका छन् तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । विपद्का समयमा अलि बढी पहुँच भएको स्थानमा बारम्बार राहत सामग्री पुग्यो तर पहुँच नभएका ठाउँमा भने एक पटक पनि राहत पुग्न समस्या छ । त्यतातर्फपनि ध्यान दिनु उपयुक्त हुन्छ । तीन तहबीचको समन्वय अभावले विपदका समयमा तत्काल उद्ददार र राहत पुग्न सकेको छैन ।’

उनले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्नसकिने दाबी गरेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?