Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकियोः माओवादी सांसद मोदी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीवारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन् । उनले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताउदै आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको बताएका छन् । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने दोहार्याएका छन् ।

उनले भने, ‘संसद भनेको सार्वभौम हो । यो मिनि पाल्र्यामेण्ट हो । सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ । हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिवन्ध लगाउन पाउनु हुन्न । सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरु हुनु हुँदैन, हुँदैन भन्ने । तपाईंहरुको हामी दास हो र ? माओवादी पार्टीको कुरा हो नि यो ।’

उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहन्जेलसम्म प्रश्न रही रहने बताएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?