Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

संघीय लोकतान्त्रिक मोर्चाले भन्योः भूमाफिया पोस्ने भूमि विधेयक फिर्ता लैजाउ


काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चाले संसदमा सरकारले प्रश्तुत गरेको “भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक” को विरोध गरेको छ ।

विधेयकले भूमिहीन र सुकुम्वासीको हितमा नभई भूमाफिया, जग्गा दलाल र वन तस्करलाई फाइदा पु¥याउने ठहर गरेको हो । जनमत पार्टीको सम्पर्क कार्यालय बानेश्वरमा बसेको बैठकले विधेयकले वनजंगल विनाश, जैविक विविधता नष्ट, र तराई–मधेसको मरुभूमिकरण निम्त्याउने तथा बसाईंसराइबाट जनसंख्या वृद्धि भई संकट सिर्जना गर्ने चेतावनी दिइएको छ । बैठक पछि जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले संसदमा टेबल भएको विधेयकले संविधानको अनुसूचि ६ मा उल्लिखित प्रदेशको भूमि व्यवस्थापन अधिकारमाथि हस्तक्षेप गरेको बताउनु र असंवैधानिक भएको मोर्चाले निष्कर्ष निकालेको बताएका छन् । हालको ऐनले नै सुकुम्वासी समस्या समाधान गर्न पर्याप्त भएकोले विधेयक फिर्ता लिन माग संघीय लोकतान्त्रिक मोर्चाले सरकारसँग माग गरेको बताएका छन् ।

यस्तै संघीय लोकतान्त्रिक मोर्चाले आगामी बजेटमा तराई–मधेस र पिछडिएका क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको प्रवक्ता यादवले जानकारी दिएका छन् । बैठकले जनसंख्या र मानव विकास सूचकांकको आधारमा तराई–मधेसका लागि बजेट विनियोजन गर्न जोड दिएको छ । हुलाकी सडक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिक्टा र बागमती कमला सिंचाई आयोजना, त्रियुगा नहर पुनर्निर्माण, उत्तर–दक्षिण सडक, चुरे संरक्षण र बाढी नियन्त्रणलाई प्राथमिकता दिन माग गरिएको छ । साथै शिक्षा, स्वास्थ्य, र कृषिमा पर्याप्त बजेट मागिएको छ। जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा डा. सीके राउतको अध्यक्षतामा मोर्चाको बैठक बसेको थियो ।

संघीय लोकतान्त्रिक मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, र तराई मधेस लोकतान्त्रिक पार्टी आवद्ध छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?