Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ


काठमाडौँ। नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गरेका छन् ।

पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै उनले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गर्दै उनले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरु हटाउँदा कहीँ पनि बिरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरुले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताएका छन् । उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताएका छन् ।

उनले भने, ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ । अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज गर्यो , त्यहाँ रोइ कराइ छैन । एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ । यो सिस्टम खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । उनै साथीहरु एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ । कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो । उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो । अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौँ भन्नुभएको छ । सबैले पढेका छौँ त । हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरु घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठूलो बनाएर बसेका छाँै । कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ ।’

उनले अहिले हामी राजनीतिक मान्छेहरु घटेर कालिदासको सानो कमा अड्किएर बसेको टिप्पणी गरेका छन्।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?