Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

‘ट्रेड युनियनका नेताहरुको विलाशी जीवनशैलीमाथि प्रश्न’


काठमाडौँ। पेशागत महासंघ नेपालले ट्रेड युनियनका नेताहरुको जीवनशैलीमा प्रश्न उठाएको छ ।

मंगलवार पेशागत महासंघ नेपालको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले ट्रेड युनियनका नेताहरुको बदलिँदो सौखिन जीवनशैलीबारे प्रश्न उठेका भन्दै छलफल गर्नुपर्ने बेला भएको बताएका छन् । उनले ट्रेड युनियनका नेताहरुमाथि सरुवा, बढुवाको लिस्ट बोकेर व्यवस्थापन र सरकारलाई बुझाउने र सरुवा, बढुवाका लागि थर्काएर सरुवा हुनेबाट घुस लिने गरेको गुनासो आइरहेको भन्दै यसबारे अनुसन्धान जरुरी रहेको उल्लेख गरेका छन् ।

उनले ट्रेड युनियनलाई भ्रष्टको ट्याग लागेको भन्दै यसले राम्रो नगर्ने बताउदै श्रमीक नेता भन्ने तर सुटेड, बुटेड लगाएर हिँड्ने विलाशी जीवन बिताइरहेको बारेमा उसको मापदण्डबारे छलफल जरुरी रहेको बताएका छन् । विगतमा सामान्य तलव भत्ता खाएको व्यक्ति ट्रेड युनियनको नेता भएपछि उसँग आलिसान महल, आफ्नै पँजेरो गाडी लिएर विलाशी जीवन बिताइरहेको भन्दै यस बारेमा बहस जरुरी देखिएको बताएका छन् ।

उनले भने, ‘बजारमा के आइरहेको छ भने सरकारी तलव खाएकाहरुले टे«ड युनियन खोल्न पाउँदैनन्, खोल्न दिन हुँदैन भन्ने बहस आएको छ । यो भ्रम अन्योल हो भन्नेकुरा हामीले चिर्नुपर्छ । हाम्रो टे«ड युनियन अधिकारका तीन वटा कम्पोनेन्ट छन् । राइट टु अर्गनाइज, राइट टु कलेक्टी बार्गेनिङ, राइट टु इण्डस्ट्रियल एक्शन । यि अधिकारसहित मात्रै हामी अगाडि बढ्न सक्छौँ । हामीले पेशागत हक हितको कुरा गरिरहँदा, श्रमीकको हक हितको कुरा गरिरहँदा तीत वटा अधिकार भएन भने लङ्गडो हुन्छ । आइएलओ अभिसन्धी ८७ र ९८ को कुरा गर्दा असाध्यै महत्वपूर्ण छ । नेपालले ९८ अनुमोदन गरेको थियो तर ८७ गरेको छैन । कुनैपनि बेला हाम्रा अधिकार कटेल हुन्छन् । यो अधिकार कुण्ठित गर्ने जुन प्रयत्न हुँदैछ । नजानिदो पाराले हाम्रो अधिकार समाप्त गर्ने काम हुँदैछ । टे«ड युनियनमा अहिले के आरोप आएको छ भने टे«ड युनियनका नेताहरु भनेको छ, सरुवाको लिस्ट लिएर जाने, व्यवस्थापन र सरकारलाई लगेर पेश गर्ने । थर्काउने, अनि आफ्नो मान्छेलाई, आफूले भनेको ठाउँमा सरुवा गराउने, थपक्क सरुवा व्यवस्थापनले गरिदिन्छ । सरुवा गरिसकेपछि सरुवा भएको मान्छेले टे«ड युनियनको नेतालाई काम गरिदिएको बापत महिनावारी बुझाउने । वार्षिक रुपमा पैसा बुझाउने खालको कुरा आइरहेको छ । हो की होइन, होइन भने टे«ड युनियनले खबरदारी गर्नुपर्ने अवस्था छ । टे«ड युनियनलाई भ्रष्टको ट्याग लाग्यो भन्ने आरोप आइरहेको छ । यसका बारेमा पनि छलफल गर्नुपर्छ । जथाभावी सरुवा भयो, अटोमेटिक सरुवा हुने प्रणाली भए लिस्ट बोकेर जाँदैन थियो होला । टे«ड युनियनका नेताको जीवनशैलीको बारेमा प्रश्न आएको छ । हुनलाई श्रमीक नेता भनेको छ, सुटेट बुटेडदेखि लिएर सारा ऐस आरामको जीवन बिताएको छ । हिजो सामान्य तलव भत्ता खाएको मान्छे अहिले टे«ड युनियनको नेता भएको छ । आलिसान महल छ भन्छ, पँजेरो गाडी छ भन्छ । सारा कुरा छ यो के हो ? हो की होइन । टे«ड युनियनभित्र आफ्ना नेताको जीवन शैलीमा परिवर्तन आइरहेको बारेमा त्यहाँ मापदण्ड छलफल गर्नुपर्छ की पर्दैन ।’

उनले ट्रेड युनियन सञ्चालन गर्दा आएका विकृतिहरुको बारेमा समीक्षा गर्न जरुरी रहेको बताउदै ट्रेड युनियनका नेताहरुको जीवनशैलीबारे पनि प्रश्न उठेको भन्दै त्यसबारेमा पनि छलफल र बहस हुनु जरुरी रहेकोबताएका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?