Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन, जनताकै विश्वासबाट खोजेका हौँः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको विश्वासबाट नै राजसंस्था पुनःस्थापना गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट नभएको बताउदै २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट नभएको उल्लेख गरेका छन् । उनले अहिले पनि आफूहरुले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको जिकिर गर्दै उनले एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको बताएका छन् ।

अध्यक्ष लिङदेनले भने, ‘नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट भएको छैन । २००७ सालको परिवर्तन पनि चुनाव भएर भएको होइन । २०१७ सालकै परिवर्तन पनि चुनावबाट भएको होइन । २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट भएका होइनन् । त्यसकारण हामीले अहिले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट होइन । जनताबाटै गर्ने भनेर हामीले निष्कर्षमा पुगेर अगाडि बढाएका हौँ । कतिपय साथीहरुले के भन्नुहुन्छ भने तिमीहरु संसदमा छौ, तिमीहरु यही संविधानमा भाग लिइरहेका छौ भनेर । यो हामीले आन्दोलन भनेपनि जे भनेपनि राज्यसत्ताको बिरुद्ध लडाईं शुरु गरेका छौँ । त्यो कसैलाई रिस उठे जस्तो, झोक चलेजस्तो । एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा होइन । तपाईंहरुलाई जति जोश चलेको होला त्यो भन्दा कम जोश मलाई के चलेको होला र ? पाए त आजै फेरिदिनु हुन्थ्यो । आजै राजालाई ल्याएर मुकुटसहित नारायणहिटीमा भित्र्याऔँ भन्नेकुरा त मलाई के कम होला र ? हामीले योजना र रणनीति भन्नेकुरा बिर्सिन हुँदैन ।’

अध्यक्ष लिङदेनले राजावादीहरु सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनः स्थापना गर्नुपर्ने बताउदै दलहरुसँगको सम्बन्ध बढाएर योजनावद्ध रुपमा अघि बढ्नुपर्ने जिकिर गरेका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?