Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

सबैतिर करप्शन छः शेखर कोईराला


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरक्रियामा बोल्दै उनले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको टिप्पणी गर्दै अमेरिका, बेलायत लगायतका मुलुकमा बसोवास गर्ने अथवा काम गर्नेले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा विक्री गरेर उतै घरबार जोड्ने गरेको बताएका छन् । ठूला देशमा बस्नेहरुबाट भन्दा खाडीमा श्रम गरेका नेपालीले मुलुकको अर्थतन्त्र धानेको उनको भनाइ छ । उनले सबैतिर भ्रष्टाचार र अनियमितता रहेको भन्दै आलोचना गरेका छन् ।

उनले भने, ‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं । गुड गभर्मेण्ट छैन । सबैतिर करप्सन छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिनु हुँदैन । त्यसको अन्त्य गर्नुपर्छ । त्यति कुरा हामीले रोक्न सक्यौं भने नेपाललाई बनाउन सकिन्छ । देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ । मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरुले धानिरहेका छन् ।’

उनले देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको र खाडीमा गएका नेपालीहरुले धानिरहेको बताएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?