Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिन्छः कमल थापा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलहरुको सहमति भए शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै राजसंस्था संस्थागत गर्न सकिने बताउदै आफूहरुले राजसंस्था पुनः स्थापनाका लागि गर्न लागेको आन्दोलन संविधान विपरित नभएको जिकिर गरेका छन् । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको बताउदै राजनीतिक दलहरुको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिने उल्लेख गरेका छन् ।

उनले भने , ‘यदी राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै संस्थागत गर्न सकिन्छ । यो आन्दोलन संविधान विपरित पनि होइन । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ । सबै राजनीतिक दलहरुको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिन्छ, राजसंस्था र हिन्दु राष्ट्र पनि स्थापना गर्न सकिन्छ भन्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ ।’

अध्यक्ष थापाले संविधानले अभिव्यक्ति, स्वतन्त्रता र बिना हात हतियार भेला हुने अधिकार जनतालाई दिएको बताएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?