Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिन्छः कमल थापा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलहरुको सहमति भए शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै राजसंस्था संस्थागत गर्न सकिने बताउदै आफूहरुले राजसंस्था पुनः स्थापनाका लागि गर्न लागेको आन्दोलन संविधान विपरित नभएको जिकिर गरेका छन् । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको बताउदै राजनीतिक दलहरुको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिने उल्लेख गरेका छन् ।

उनले भने , ‘यदी राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै संस्थागत गर्न सकिन्छ । यो आन्दोलन संविधान विपरित पनि होइन । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ । सबै राजनीतिक दलहरुको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिन्छ, राजसंस्था र हिन्दु राष्ट्र पनि स्थापना गर्न सकिन्छ भन्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ ।’

अध्यक्ष थापाले संविधानले अभिव्यक्ति, स्वतन्त्रता र बिना हात हतियार भेला हुने अधिकार जनतालाई दिएको बताएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?