Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सर्वसाधारणको स्वास्थ्य उपचार महंगो भयोः शेरबहादुर कुँवर


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको बताएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद कुँवरले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरेका छन्। साथै उनले वर्षायामसँगै हावाहुरीबाट देशका विभिन्न स्थानमा दुःखद् घटना घट्न थालेकाले हावाहुरीबाट हुने क्षति न्युनिकरणमा सरकारको ध्यानाकर्षसमेत गराएका छन् ।

उनले भने, ‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको छ । राष्ट्रको लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ । पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्व सांसद गोविन्दनाथ उप्रेती लमो समयदेखि सिकिस्त विरामी भई अस्पतालमा हुनुहुन्छ । उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु । वर्षायामसँगै हावाहुरीबाट देशभर विभिन्न ठाउमा घटनाहरु घटेका छन् । हावाहुरीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ । वर्षासँगै हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेतीको उपचार राज्यले गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?