Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की गभर्नर खोज्न


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली काँग्रेसका सांसदहरुको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाएकी छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले काँग्रेस सांसदहरु संसदमा कम रहेको बताउदै काँग्रेस सांसदहरु आज गभर्नर खोज्न हो की प्रधानमन्त्री खोज्न जानुभएको प्रश्न गरेकी छिन् । ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ ।

उनले भनिन् , ‘आज त नेपाली काँग्रेसका माननीयज्युहरु त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरु कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’

संसदमा ८ जना भन्दा बढी काँग्रेसका सांसद नदेखिएको उनको आरोप छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?