Trending
>>   इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्छौंः एर्दोगान >>   इरान इजरायल द्वन्द्वको असरः टर्किएले बढायो सीमा सुरक्षा >>   नेपालमा मनसुन र बाढीको जोखिमः जलवायु कुटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता >>   इण्डोनेसियाले २०३० सम्ममा औलो उन्मुलन गर्ने >>   गाजामा इजरायली सेनाद्वारा ३७ प्यालेस्टिनीहरू मारिए >>   आज मिति २०८२ साल असार ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस्
Logo
५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसदमा काम गर्ने मर्यादापालकहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म सांसदहरुको सुरक्षाका लागि बस्ने गरेपनि सरकारले खाजा र भत्ताको व्यवस्था नगरेको गुनासो गरेकी छिन् ।

उनले भनिन्, ‘यहीँ उभिरहनुभएका मर्यादापालकहरुको समस्या सुनुवाई गरोस् । सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म हाम्रो सुरक्षाको निम्ति खटिरहनु हुन्छ । तर उहाँहरु न आवाज बनेर आफ्नो आवाज बुलन्द पार्न सक्नुहुन्छ, न आन्दोलनमा जान नै सक्नुहुन्छ । तर सरकारले उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरेको छैन । आन्दोलन नगरि सुरक्षा दिइरहनुभएका उहाँहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले आन्दोलन नगरि सुरक्षा दिइरहनुभएका उनिहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?