Trending
>>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसदमा काम गर्ने मर्यादापालकहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म सांसदहरुको सुरक्षाका लागि बस्ने गरेपनि सरकारले खाजा र भत्ताको व्यवस्था नगरेको गुनासो गरेकी छिन् ।

उनले भनिन्, ‘यहीँ उभिरहनुभएका मर्यादापालकहरुको समस्या सुनुवाई गरोस् । सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म हाम्रो सुरक्षाको निम्ति खटिरहनु हुन्छ । तर उहाँहरु न आवाज बनेर आफ्नो आवाज बुलन्द पार्न सक्नुहुन्छ, न आन्दोलनमा जान नै सक्नुहुन्छ । तर सरकारले उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरेको छैन । आन्दोलन नगरि सुरक्षा दिइरहनुभएका उहाँहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले आन्दोलन नगरि सुरक्षा दिइरहनुभएका उनिहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?