Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो, सरकारले निगरानी गरोस्ः सांसद कोईराला


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाउदै एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताएकी छिन् । उनले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गरेकी छिन् ।

उनले भनिन्, ‘एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ । ग्याँसको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिण्डर साट्नुस् भनिन्छ । सिलिण्डर साट्न कसैले पाँच सय, कसैले हजार लिएर बाध्यतामा पारेर उपभोक्ताहरुले सिलिण्डर साट्छन् । सरकारको अनुगमन गर्ने निकाय छैन ? सभामुखज्युयो देशमा । ग्याँस एउटै । अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिण्डर साट्नका लागि उपभोक्ताहरुसँग किन फेरि पैसा थपिन्छ ? सरकारले यस्ता कामको निगरानी गरोस् ।’

सांसद कोईरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?