Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाएका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी दिनमा बनाइने रंगशाला, र पनःनिर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताएका छन्। उनले मधेस प्रदेशमा रहेको नारायणी रंगशालालाई पनि अपाङ्गमैत्री रंगशाला बनाइरहेको बताएका छन् ।

मन्त्री चौधरीले भने, ‘हामीले आगामी दिनमा धेरै रंगशालाहरु, ठूला ठूला रंगशाला निर्माण गर्नुपर्नेछ । पुरानो रंगशालाहरु पनि सोचेअनुसारको मर्मतसम्भार हुन सकेको छैन । मधेस प्रदेशमा नारायणी रंगशाला, नेपालको सबैभन्दा पहिलो दशरथ र दोस्रो रंगशाला नारायणी रंगशाला हो । त्यो रंगशालामा अहिले पनि भौतिक पूर्वाधार राम्रो नभएको हुनाले त्यो रंगशालालाई अपांगमैत्री बनाउने गरी अघि बढिरहेका छौँ । अब नयाँ पूर्वाधार निर्माण र मर्मतसम्भार गर्दा हामी अपांगमैत्री बनाउने अवधारणामा छौँ । अब जति पनि रंगशाला बन्छन्, ति अपांगमैत्री हुनेछन् ।’

मन्त्री चौधरीले दशरथ रंगशाला पनि पूर्ण रुपमा अपाङ्गमैत्री हुन नसकेको र पोखरा रंगशालालाई भने अपाङ्गमैत्री रंगशाला बनाइएको बताएका छन्।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?