Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैनः गृहमन्त्री


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने बताएका छन् । उनले कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने नहुने भन्दै तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन् । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्ने भन्दै त्यो दर्शन र आदर्श तीनकुनेमा नदेखिएको बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन । कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन । धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन । कुनैपनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन । कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने होइन । तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्दछ । त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित छ । जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।’

गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित भएकाले कुनैपनि हालतमा उचित मान्न नसकिने बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?