Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्ः मन्त्री सुडी


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भइ तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको बताए । उनले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था रहेको बुझ्न आग्रह गरेका छन् । नागरिकता प्रमाणपत्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वितरण नगर्ने कुरा बुझ्न आग्रह गरेका छन् ।

मन्त्री सुडीले भने, ‘सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भइ तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेकाले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था रहेको छ । नागरिकता प्रमाणपत्र हाम्रो मन्त्रालयले वितरण गर्दैन, प्रचार प्रसार गर्दछ । नागरिकता दिने मन्त्रालय गृह मन्त्रालय हो, सिडिओ कार्यालय हो । नागरिकता प्रमाणपत्र लिएर मात्रै सामाजिक सुरक्षा कार्ड पाउनेछ ।’

मन्त्री सुडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा कार्यक्रम सञ्चालन गर्न चाहे समाज कल्याण परिषद्ले तोकेको निर्धारित ढाँचामा परियोजन प्रश्ताव पेश गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?