Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन् ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले कम्पिटिटिभ र ननडिभिटेबल व्यक्ति आउनुपर्ने बताउदै योग्यताको आधारमा देशलाई काम गर्नसक्ने मान्छे भए गभर्नर नियुक्ति हुने बताउदै टिआरसीमा, डिसापियर कमिसनमा आफ्नो उम्मेदवार नरहेको पनि स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘टिआरसीमा, डिसापियर कमिसनमा मेरो आफ्नो उम्मेदवार होइन, छैन । तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन् । एउटासँग मेरो देखभेट पनि भएको छैन । नाम सुनेको थिएँ, बिर्सिएँ । एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ । का.मु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो । निमित्त हुँदा चिनेको, का.मु. मैले नै बनाएको हो । मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो । तर न मसँग नाता, सम्बन्ध, न केही न केही । न पोल्टिकल रिलेशन । न उहाँ पोल्टिकल मान्छे हो । हुनतः अब मान्छे पोल्टिकल प्राणि त हो नै । उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन । राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन । आफ्नो भन्ने केही पनि छैन । कम्पिटिटिभ खालको मान्छे र ननडिभिटेबल मान्छे ल्याऔँ भन्ने मेरो सधैँ आग्रह हुन्छ । मेरिटको विशेषमा ल्याऔँ । काम गर्नसक्ने मान्छे भए देशलाई भइगयो नि । यो र उ किन प¥यो ।’

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरेका छन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?