Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

राजनीतिक दलहरुले राज्य संयन्त्रलाई दलीय चक्रव्युहमा फसाएः हरि ढकाल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरु दलीय चक्रव्युहमा फसाएर राजनीतिक दलहरुले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको आरोप लगाएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य संरचनाहरु चक्रव्युहमा फसाएर नीहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भएपनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताउदै उनले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भुल भइरहेको बताएका छन्। उनले आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने बताए । विगतमा पनि दलीयकरणको वाछिटा राष्ट्र बैंकमा परिसकेको बताउँदै सांसद ढकालले राजनीतिक बाछिटाबाट उत्पन्न परिस्थिति सबैले देखेको स्मरण गराउदै दलहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरुले गरिरहेको अभ्यास निन्दनीय भएको बताएका छन् ।

उनले भने, ‘दलीयकरणको चक्रव्युहमा हाम्रा राज्यसंयन्त्रहरु कसरी फसेका छन् हामी सबै जानकार छौं । यो चक्रव्युहमा संरचनाहरु फसाएर राजनीतिक दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा र आफ्ना र आफन्तीका लागि प्रयोग गरिँदा त फाइदै भएको होला तर आम नागरिक, विश्व जगत र सबै चकित हुनेगरि हाम्रो राज्यका संरचचनाहरु दलीय चक्रव्युहमा फसेका छन् । यसै सन्दर्भमा राष्ट्र बैंकजस्तो संस्थामा गभर्नर नियुक्तिका विषयमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भुल गरिँदै छ यसले भोलिका दिनमा अलिकति बचेको राष्ट्र बैंकको गरिमा पनि क्षयीकरण हुने निश्चित छ र क्षयीकरण पक्का हुन्छ । विगतमा दलीयकरणको बाछिटा राष्ट्र बैंकमा परेको थियो । त्यो राजनीतिक बाछिटाले विगतमा अर्थमन्त्रालयसँग राष्ट्र बैंकको द्वन्द सतहमै आएको थियो । बजेट नीति र मौद्रिक नीति कार्यान्वयनमा दलीय बाछिटाले कस्तो असर पा¥यो सबै जानकार छौं । यसले समग्र अर्थतन्त्रमा कस्तो असर पा¥यो, निजी क्षेत्रलाई कसरी हतोत्साहित ग¥यो ? यी चिज जान्दा जान्दै फेरि दलीयकरणको अभ्यासमा दलबाट नै खुलम खुला रुपमा हाम्रा दलका तर्फबाट भनेर जुन किसिमको अभ्यास गरिँदै छ, त्यो निन्दनीय छ । यसप्रकारका दलीयकरणका शैलीले संरचनामा भएका कब्जाका कारणले गर्दा विगतमा धितोपत्र बोर्डमा १० महिना सिइओ नियुक्त नहुँदा कस्तो प्रभाव रह्या सिंगो सदनले बहस गर्नुपर्ने होइन ?’
उनले विगतमा राष्ट्र बैंकमा दलीयकरणको प्रभावले पारेको असरबारे सिंगो सदनमा बहस गर्न माग गरेका छन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?