Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सिद्धान्त र प्राथमिकताबारे माओवादीः ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले यस्तो टिप्पणी गरेका हुन् । सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथकिताबीच तालमेल नभएको बताउदै उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा बनेपातिर हिँड्ने लक्ष्य राखेको तर थानकोटतिर पाइला चालिरहेको भान भएको टिप्पणी गरेका छन् ।

उनले आफूहरुले विगतमा भएका कमजोरीको आत्मआलोचना र प्रतिबद्धतासहित प्रश्तुत हुन खोजेको उल्लेख गर्दै सरकारले पनि सोही आधारमा अगाडि बढ्नुपर्ने बताउदै उनले सहकारीसहितको मिश्रित अर्थतन्त्रलाई नेपालको आर्थिक सिद्धान्तको रूपमा स्पष्ट रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘बजेटका सिद्धान्त र प्राथमिकता विरोधाभास र अलमलमा परेको जस्तो छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले हिँड्न चाहीँ बनेपातिर लक्ष्य राखेको तर पाइला चाहीँ थानकोटतिर बढाइरहेको जस्तो अनुभुति हुने थुप्रै विषयवस्तुहरु छन् । म आशा गर्छु यहाँ हुने छलफल छलफलका लागि मात्र हुने छैन । म आशा गर्छु यसपटक पनि अर्थमन्त्रीज्यूले उत्तरलाई प्रश्न बनाइदिनुहुने छैन । विगतमा भएका त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । हामी प्रतिपक्षि दल भएको कारण केही आत्म आलोचना र केही प्रतिवद्धतासहित प्रश्तुत भइरहेका छौँ । सरकार त्यही आधारमा अघि बढोस् म शुभकामना पनि व्यक्त गर्न चाहन्छु । व्यवस्था र अवस्थाबीचको विरोधाभास बेला बेला भइरहेको छ । अब सहकारीसहितको मिश्रित अर्थतन्त्र, अर्थव्यवस्था हाम्रो आर्थिक सिद्धान्त हो र हाम्रो बजेटको सिद्धान्त हो भन्ने कुरामा कहीँ कतै अल्मलिनुपर्ने आवश्यकता छैन ।’

आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको सांसद बस्नेतको भनाइ छ ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?