Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

संघीयता म्याद नाघेको औषधि : सांसद नेपाली


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधिजस्तो भएको टिप्पणी गरेकी छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको टिप्पणी गरेकी छिन् । उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट भएको जिकिर गर्दै उनले वर्तमान व्यवस्था अग्रगमन नभएर प्रतिगमन भएको बताएकी छिन । उनले शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन, सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँड हुनुपर्नेमा त्यस्तो नभएको बताइन् ।

उनले भनिन्,‘अहिले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि जस्तै हुँदैछ सभामुख महोदय । विश्वको सिको गर्न खोज्दा आज नेपाल ग्रे लिष्टमा पर्यो । समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ । यो व्यवस्था अग्रगमन नभएर प्रतिगमन हो । सर्वप्रथम त राज्यको पुनःसंरचना गर्ने भनेपछि त्यसलाई विभिन्न कुराले प्रभाव पारेको हुन्छ सभामुख महोदय । शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँड हुनुपर्ने हो । तर यहाँ त्यस्तो देखिँदैन ।’

उनले सरकारले फरक विचार बोकेकै कारण तीनकुने घटनापछि राप्रपा नेताहरुलाई थुनेको भन्दै आपत्ति जनाएकी छिन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?