Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान


काठमाडौँ । नेपाल र मलेसियाका सांसदहरुले एक आपसमा दुवै देशको संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गरेको छ ।

मंगलवार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरुले मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाबार अनुभव आदानप्रदान गरेका हुन् । संसदीय प्रक्रियाबारे अनुभव आदान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पाल्र्यामेण्ट फ्रेण्ड्सिप ग्रुपले आवश्यक कार्यक्रमहरु गर्न नसकेको बताउदै  फ्रेण्ड्सिप ग्रुप बनाए पनि सक्रिय हुन नसकेको जिकिर गरेका छन् । उनले दुई देशबीचको मित्रता अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्  ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबीच जनस्तरबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । उनले विकासको गति मलेसियाले धेरै अगाडि बढाएको जिकिर गरेका छन् ।

समितिको बैठकमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरुलाई समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका छन् । बैठकमा अन्य सांसदहरुले मलेसिया र नेपालबीतको संसदीय सम्बन्ध पनि थप मजबुत बनाउँदै एक अर्काको संसदीय अभ्यासहरु सिक्दै अघि बढ्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?