Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग हुन्ः ऊर्जामन्त्री दीपक खड्का


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग भएको बताएका छन् ।

सोमवार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको बताएका छन् । मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउदै नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन आग्रह समेत गरेका छन् ।

उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्शानीप्रति सरकार गम्भीर रहेको पनि बताउदै २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए । उहाँले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गर्दै उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गरेका छन् । उनले सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत समेत धारणा राखेका छन् ।

उनले भने, “यहाँको समस्या हामीलाई अवगत भयो । बजेट बनाउने बेला भएको छ । सबैकुरा भनिहाल्न नहुनेछ । गोप्य राख्ने भनिएको छ । हुनेसम्म प्रयास गर्ने हो । यहाँको अवस्थालाई नजिकबाट हेरेका छौँ । डिपिआर शुरु गरौँ । क्रमागत रुपमा सिंचाईको सुविधा पु¥याऔँ । तटवन्धनको विषय छ । हामीले पानीको अधिकतम सदुपयोग गर्ने हो । अहिले कति ठाउँमा सम्झौता गरेका छौँ । सिंचाईका लागि नहर, कुलो खनेर लैजान्छौँ । ड्याम बनाएर हाइड्रोपावर पनि उत्पादन गर्छौं । सँगै खानेपानीका लागि पनि वितरण गर्छौं । काम प्रशस्त भइरहेका छन् । सकारात्मक सोचका साथ काम गरौँ । भएन भएन भन्ने भाष्य तयार गरिएको छ । भएको कुरा नदेख्ने र केही भएन भनेर एउटा वर्ग नै लागेको छ । यो नेपाल बिरोधी वर्ग हो । त्यस्तो वर्गलाई पनि सचेत गराउनु पर्छ । हामीले नबनाए कसले बनाउँछ, हामीले नगरे कसले गर्दछ ? हाम्रो माटो, हाम्रो भूमि हामीले निर्माण गर्ने हो । भएन भन्ने भाष्य निर्माण गरेर नेपालको अर्थतन्त्र बिगार्न लागिरहेका तत्वप्रति सजग रहन आग्रह गर्दछु ।”

उनले प्राकृतिक प्रकोपको जोखिमहरू भइरहने हुनाले खोला किनारमा अझै पनि ध्यान दिनुपर्ने जिकिर गरेका छन्।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?