Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति गर्नेहरुका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन् ।

कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमवार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरेका छन् । अब पूजापाठ गरेर मात्र धर्मको रक्षा नहुने बताउँदै अध्यक्ष लिङदेनले धर्मप्रतिको व्यवहारिक कर्तव्य निभाउनुपर्नेमा जोड दिएका छन् । उनले बद्नाम नेताहरुसँगै राजनीति गरिरहेको भएपनि राजनीतिक जीवनमा एक रुपैयाँ पनि अनियमित ढंगले नकमाएको उनको दाबी छ । उनले धर्म र संस्कृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘तपाईंहरुले याद गर्नुभएको छ कि छैन । धर्म निरपेक्षको राजनीति गर्नेहरु, धर्मरहित राजनीति गर्नेहरुले के गरिराखेका छन् । धर्मरहित राजनीति गर्नेहरुलाई आफ्नो जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछ । हामी धर्मसहितको राजनीति गर्छौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर भन्छौँ । अहिले म पनि बदनाम नेताहरुको बीचमै छु । तर भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भन्दिन, यति लामो राजनीतिमा एक रुपैयाँ पनि खाएको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । त्यो निष्ठा बोकेको मान्छे अरु कसले के भन्छ म चिन्ता लिँदिन । हामीले कर्मकाण्ड गरेर, पूजा अनुष्ठान गरेर मात्र अब नपुग्ने भएको छ । आफ्नो धर्मकाप्रति हाम्रा कर्तव्य पनि छन् । हामीले हाम्रो पहिचान अकारण गुमाउनु पर्यो । गलत नेतृत्वको कारण गुमाउनुप¥यो । त्यसप्रति पनि हाम्रा कर्तव्य छन् भन्नेकुरा हामीले यस प्रकारका यज्ञमा आउँदा थाहा पाउनुपर्छ ।’

धर्म र संस्कृति रहेमात्र मुलुक रहने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले धर्मको संरक्षण र प्रवद्र्धनका लागि लागि पर्न सबैमा आग्रह गरेका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?