Trending
>>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड: उपराष्ट्रपति यादव


काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारका कामहरुलाई राष्ट्रहितका लागि सही मार्गदर्शन गर्नुपर्ने बताएका छन् ।

उनले वर्तमान समयमा जलवायु परिवर्तनको समस्या गम्भीर संकटको विषय भएकाले यसको न्युनिकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिंदै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले हुने वातावरणीय क्षति न्युनिकरणका लागि सञ्चारकर्मीले कलम चलाउँदै नीति निर्माणका तहमा रहेकाहरुलाई उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी रहेको बताएका छन्।

उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता तथा मिडिया र जलवायु संकट, नयाँ सञ्चारमाध्यमका चुनौतिहरु तथा संस्कृति र विश्वव्यापी परिप्रेक्ष्य लगायतका महत्वपूर्ण एवं समयसान्दर्भिक यस समिटका लागि आयोजक संस्थालाई हार्दिक धन्यवाद । उल्लेखित महत्वपूर्ण विषयहरुमा गोष्ठी, कार्यशाला, विचार विमर्स मिडियाकर्मीको विभिन्न ठाउको यात्रासहितको कार्यक्रम प्रशंसनीय छ । लोकतन्त्र र प्रेस स्वतन्त्रता परस्पर अन्योन्याश्रित छन् । स्वतन्त्र प्रेस विना लोकतन्त्र कमजोर हुन्छ लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता पनि संकटमा पर्नसक्छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । स्वतन्त्र प्रेस नागरिकहरुलाई सही सूचना प्रवाह गर्ने, सरकारको जवाफदेहिता सुनिश्चित गर्ने तथा आम नागरिकको आवाज बुलन्द गर्ने एक महत्वपूर्ण माध्यम हो । खासगरी जलवायु परिवर्तनको वास्तविकता वातावरणीय क्षति न्युनिकरणबारे कलम चलाउन जरुरी छ । जलवायु परिवर्तनका रोगकथाममा सरकारका प्रयासहरुमाथि निगरानी बढाउनु, वातावरणमैत्री प्रविधि हरित उर्जा तथा दिगो विकास सम्बन्धी जानकारीहरु आम नागरिकसम्म सरल भाषा र शैलीमा पस्कन सक्नुपर्दछ । हिमालमा हिमताल विष्फोटन हुनसक्छ, चुरे भावरको समस्या, तराइ मधेसमा पानीका मूलहरुको जलस्तर निकै तल गएको वा सुकिसकेको लगायतका विषयवस्तु समेट्दै प्रभावित क्षेत्र र समुदायको समस्यालाई उजागर गर्न जरुरी छ ।’

उनले उत्तरदायी पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु वर्तमानको आवश्यकता भएको बताएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?