Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

दलहरु जनतासँग भन्दा पनि विदेशीसँग बढी झुकेः पूर्वसभामुख रानाभाट


काठमाडौँ। पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन् ।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताएका छन् । उनले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको बताएका छन् ।

पूर्वसभामुख रानाभाटले भने, ‘मुलुकको आर्थिक, सामाजिक विकासका निम्ति काम गर्ने र साम्प्रदायिक सद्भाव, क्षेत्रीय आधारमा आफूलाई प्रश्तुत गर्ने होइन । नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति राजनीतिक पार्टीहरुले आफ्ना कार्यकर्तालाई सिकाउन् । कार्यकर्ता आफ्ना झोले मात्रै बनुन् भन्ने जुन परम्परावादी, सामन्ती सोच हाम्रा पार्टीहरुमा छ । अहिले पनि छ । दुःखका साथ भन्नुपर्छ । म पनि त्यही पार्टीको ज्यादै जिम्मेवार तहमा बसेर सेवा गरेको मान्छे छु । त्यसैले हामी यो पुरानो शैलीलाई, सामन्ती शैलीलाई चटक्क छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोचबाट प्राथमिकताका प्रश्नलाई खोज्नुपर्छ ।’

पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरु मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरुको ऋणसँग बढी झुकेको बताउदै यसलाई मेटाउन सक्नुपर्ने बताएका छन् । उनले आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने बताउदै न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई कडा ढंगले सुझाव दिनुपर्ने बताएका छन् ।

पूर्वसभामुख रानाभाटले भने, ‘अहिले त दुःखका साथ भन्नुपर्छ, मुलुकका जनताकाप्रति भन्दा विदेशी शक्ति र उनका ऋणहरुसँग हाम्रा पार्टीहरु बढी झुकेका हुन्छन् । त्यो दुःखद् स्थिति हामीले मेटाउन सकेनौँ । हामी स्वार्थ भन्दा माथि उठिसक्यौँ अब । अब हाम्रा स्वार्थ छँदै छैन । हामीले राष्ट्रलाई बाटो देखाउनका निम्ति सम्बन्धित निकायहरुः न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई हामीले कडा भन्दा कडा ढंगले सुझाव दिनुपर्छ ।’

पूर्वसभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्व सांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गरेका छन् । बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताउदै देशमै कामको समुचित व्यवस्था अझै हुन नसकेको बताएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?