Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

औषधिको सेवनपछि ठिक हुने कुष्ठरोगलाई कानूनमै महारोगको परिभाषा गर्नु लज्जास्पदः उपसभामुख राना


काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताएकी छिन् ।

काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताएकी छिन् । उनले लोकतान्त्रिक व्यवस्थाले कानून परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताइन् । नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ छ । समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको बताउदै कुष्ठरोग औषधिको सेवनपछि पूर्णरुपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उनको भनाइ छ । उनले अरु अशक्तहरुले विभिन्न कला देखाए जस्तै कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरणको निर्माण गरी सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन् ।

उनले भनिन्, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म ? यो धेरै परिस्कृत भयो भनेको छ कानूनले त यहाँहरुलाई अझै विभेद गरेको रहेछ । कानूनले विभेद गर्नु लज्जास्पद भयो । अरु रोगबाट पीडितको कला देखाएको देखेको छु मैले उहाँहरुका लागि पनि उहाँहरुले जे सक्नुहुन्छ वातावरण सिर्जना गर्यो भने सरकारले त्यसलाई फण्डिङ ग¥यो भने सामाजिक भत्ता छ छैन भन्दाखेरि ३० हजार अशक्ततामा रहेछ उहाँहरुले भत्ता पाएको छ होला । दुई लाख भन्दा बढी दर्ता भएको छ तर उहाँहरुले पाएको छैन त्यो पनि दुःख लाग्दो कुरा हो । जब हामी नाम दिन्छौँ नि महारोग भनेर त्यत्तिकै मान्छे तर्सिन्छ, डिप्रेसनमा जान्छ मानसिक समस्या हुन्छ । धेरै जना मानसिक समस्या भएको पनि मैले पाएको छु ।’

उपसभामुख रानाले कुष्ठ रोगीहरुको आवाज संसदसम्म पुग्नुपर्ने बताएकी छिन् । कुष्ठरोगसम्बन्धि विधेयक ल्याउन आफूले सहयोग गर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?