Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

औषधिको सेवनपछि ठिक हुने कुष्ठरोगलाई कानूनमै महारोगको परिभाषा गर्नु लज्जास्पदः उपसभामुख राना


काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताएकी छिन् ।

काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताएकी छिन् । उनले लोकतान्त्रिक व्यवस्थाले कानून परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताइन् । नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ छ । समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको बताउदै कुष्ठरोग औषधिको सेवनपछि पूर्णरुपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उनको भनाइ छ । उनले अरु अशक्तहरुले विभिन्न कला देखाए जस्तै कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरणको निर्माण गरी सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन् ।

उनले भनिन्, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म ? यो धेरै परिस्कृत भयो भनेको छ कानूनले त यहाँहरुलाई अझै विभेद गरेको रहेछ । कानूनले विभेद गर्नु लज्जास्पद भयो । अरु रोगबाट पीडितको कला देखाएको देखेको छु मैले उहाँहरुका लागि पनि उहाँहरुले जे सक्नुहुन्छ वातावरण सिर्जना गर्यो भने सरकारले त्यसलाई फण्डिङ ग¥यो भने सामाजिक भत्ता छ छैन भन्दाखेरि ३० हजार अशक्ततामा रहेछ उहाँहरुले भत्ता पाएको छ होला । दुई लाख भन्दा बढी दर्ता भएको छ तर उहाँहरुले पाएको छैन त्यो पनि दुःख लाग्दो कुरा हो । जब हामी नाम दिन्छौँ नि महारोग भनेर त्यत्तिकै मान्छे तर्सिन्छ, डिप्रेसनमा जान्छ मानसिक समस्या हुन्छ । धेरै जना मानसिक समस्या भएको पनि मैले पाएको छु ।’

उपसभामुख रानाले कुष्ठ रोगीहरुको आवाज संसदसम्म पुग्नुपर्ने बताएकी छिन् । कुष्ठरोगसम्बन्धि विधेयक ल्याउन आफूले सहयोग गर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?