Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राजावादीप्रति एमाले सांसद बाँस्कोटाको कटाक्षः तासका बुङका राजा–रानी खोजेर जिन्दगी गुजार्नुस्


काठमाडौँ। नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन् । उनले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिंदै कुनैपनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गरेका छन् ।

उनले भने, ‘केही साथीहरु व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहेका छन् । सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ? यहाँबाट तपाईंको दुई तिहाई पुग्दैन होला । अर्को चुनावमा कोशिस गर्नुस् । बहुमत ल्याउनुस् । तासका बुङका राजा–रानी खोजेर अब जीन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु । राजा राजा भनेको छ अब त निद्रा पनि नपर्लाजस्तो भइसक्यो । आउदैन हजुर त्यो । यो पनि समयको बर्बादी हो के । लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किंदैन ।’

उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्नेगरी विकास गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?