Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः रेखा शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफल समयको बरबादी भएको बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम कर्मचारी रहेको टिप्पणी गरेकी छिन् । उनले नीति तथा कार्यक्रम परम्परा धान्न आएको बताउँदै त्यसमा कमा र फुल स्टप पनि परिवर्तन नहुने बताइन् । उनले सांसदहरूका सुझावलाई सरकारले बेवास्ता गर्ने गरेको भन्दै नीति तथा कार्यक्रमको छलफल र बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी रहेको आवश्यकता औँल्याउदै सांसद शर्माले सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद र जनतालाई सुनाउने मात्र नबनाउन सरकारलाई आग्रह गरेकी छिन् । उनले सरकारले लोकतन्त्रको विधि अनुशरण गर्न अप्ठ्यारो र असहजता मानिरहेको समेत बताइन्।

उनले भनिन्, “मलाई अनौठो लागिरहेको छ, लोकतान्त्रिक व्यवस्थामा स्थापना भएको सरकारले लोकतन्त्रको विधि अनुसरण गर्न किन अप्ठ्यारो मानिरहेको छ । किन यसमा यति धेरै असहजता महशुस भइरहेको छ । यसमा मलाई अनौठो लागेको छ, त्यसैले बाध्य भएर के भन्न बाध्य छौँ भने यो नीति तथा कार्यक्रम कर्मकाण्डी छ, यो नीति तथा कार्यक्रम परम्परा धान्न आएको छ, यसमा कमा र फुल स्टप पनि परिवर्तन हुनेछैनन् । हामीले समयको बरबाद मात्र गरिरहेका छौँ । त्यस कारण यस्तो खालको नीति तथा कार्यक्रम र यस्तो खालका बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी छ । यसतर्फ सरकारले सोचोँस । सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद् र बाहिर जनतालाई सुनाउने मात्र नबनाइयोस् ।”

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकको आस र अपेक्षालाई पूरा गर्न नसक्ने बताएकी छिन् ।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?